पर्वतको जलजलामा सार्वजनिक स्थानमा सुर्ती र जाडँरक्सी खान नपाइने
पर्वत | जेठ २, २०८०
फाइल तस्बिर
पर्वत: पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान रोक लगाएको छ ।
जलजलाले एक सूचना जारी गर्दै विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा जाँडरक्सी तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन अनुरोध गरेको छ । यस्तै, शिक्षण संस्थाको एक सय मिटर वरपर चुरोटलगायत सुर्तीजन्य वस्तु बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खाने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिएको जनाउँदै सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब एक सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको उनले जानकारी दिएका छन् ।
विद्यालय वरपर खुलेआम सुर्तीजन्य र जाँडरक्सी बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले अभियानको सुरुवात गरेको हो । विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भए र नभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ । रासस
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

